logo

२०८२ माघ १६, शुक्रबार

logo
  • २०८२ माघ १६, शुक्रबार
  • दुम्कीबासमा भाँचिएको पुल अलपत्र, मर्मतको टुंगो छैन

    दुम्कीबासमा भाँचिएको पुल अलपत्र, मर्मतको टुंगो छैन

    247
    SHARES
    दुम्कीबासमा भाँचिएको पुल अलपत्र, मर्मतको टुंगो छैन

    चितवन । पूर्व–पश्चिम राजमार्ग अर्न्तगत पूर्वी नवलपरासी अन्तर्गत दुम्कीबासस्थित विनयी खोलामा एक वर्षअघि भाँचिएको पुल अलपत्र बनेको छ। शिवम् सिमेन्ट उद्योगको उपकरण बोकेर आएको एनएल ०१ ए ५१७९ नम्बरको भारतीय लहरीको भारवहन गर्न नसकेर पुल भाँचिएको थियो । भाँचिएको पुलका संरचना एक वर्षदेखि खोलामै छन् ।



    तोकिएको भन्दा धेरै तौल ओसारेर पुलमा क्षति पुर्‍याएको भन्दै सरकारले शिवम् सिमेन्टलाई ८६ लाख रुपैयाँ जरिवाना तिराएको थियो । तर, पुल मर्मत वा पुनःनिर्माण गर्नेतर्फ सरकारको ध्यान पुगेन । अहिले पुल यात्रुका लागि फोटो खिचाउने थलो बनेको छ। अधिकांशले सामाजिक सञ्जाल मार्फत पुलको भविष्य के हुन्छ भनेर जिज्ञासा राख्ने गरेका छन्।

    पुलमा क्षति पुगेपछि लामो समय खोलाबाट गाडी सञ्चालन गर्नु परेको थियो । धुलो खाँदै घन्टौं जाम सहनु पर्थ्यो। त्यही डाइभर्सनको पनि ठेगान हुन्थेन । असार ५ गते मध्यरात काठमाडौंबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसले डाइभर्सन पार गर्न लाग्दा विनयी खोलाले बगायो । बाढीमा फसेको बस बगाएको थियो । सुरक्षाकर्मीले जोखिम मोलेर डोजरमा यात्रु राखेर उद्धार गरेका थिए । सोही स्थानमा सडक विस्तारका क्रममा निर्माण भएको नयाा पुल सञ्चालनमा आएपछि यात्रुलाई राहत भयो ।

    अहिले सडक चार लेनको बनेको छ । पुल दुई लेनको मात्र छ । जसले गर्दा दुर्घटनाको जोखिम छ । ‘पुल भााचिएको एक वर्ष हुँदा समेत मर्मत भएको छैन् । चार लेनको सडकमा हुँइकिएर आएका सवारी एक्कासी दुई लेनको पुलमा रोकिादा दुर्घटनाको जोखिम बढेको छ,’ दुम्कीबासका सन्जोग श्रेष्ठले भने,‘ अब भाँचिएको पुल बनाउन पनि विदेशीको भर पर्ने हो कि नेपाल सरकार आफैले निमार्ण गर्ने हो ।’

    बुटवल–नारायणगढ खण्ड अन्तर्गत भाँचिएको ट्रस्ट ब्रिज ५० वर्षभन्दा पुरानो हो । पूर्वपश्चिम राजमार्ग निमार्णका क्रममा तत्कालीन समयका सवारीको चाप र तिनले बोक्ने भार क्षमता अनुसार निर्माण गरिएको हो।
    पुल भाँचिएपछि यस क्षेत्रका स्थानीय र यात्रुले तत्काल मर्मत अथवा नयाा पुल निमाण हुने आस गरेका थिए । तर, संरचना खण्डहर बनेपछि निराश छन्।

    एसियाली डेभलपमेन्ट बैंक (एडीबी) को सहयोगमा विस्तार भइरहेको सडक आयोजनाले पुल निर्माण गर्ने हो वा नेपाल सरकारले अन्योल छ । सडक विभाग अर्न्तगतको पुल महाशाखाका प्रमुख ललिजन खनालले बुटवल–नारायणगढ खण्डको १ सय १३ किलोमिटर बिस्तारका क्रममा रहेकाले उक्त खण्डमा पर्ने पुल निमार्णको जिम्मा एडीबी अन्तर्गतको आयोजनाले गर्नुपर्ने बताए। ‘वैदेशिक लगानीमा भइरहेका आयोजना क्षेत्रभित्रको काम सम्बन्धित आयोजनाले नै गर्नुपर्छ,’ उनले भने,‘पचास वर्ष पुराना पुल छन् भन्ने जान्दाजान्दै ४ वा ६ लेनको सडकमा एउटा मात्र पुल निर्माण गर्ने योजना बनाउनु नै हाम्रो कमजोरी देखिन्छ । यसलाई एडीबीले बजेट थप गरेर भए पनि नयाा पुल बनाउादा राम्रो हुन्छ ।’

    एडीबीको ऋण सहयोगमा विस्तार गरिरहेको सडक आयोजनाले भने ठेक्का सम्झाैता हुँदा समावेश नभएको थप काम र योजना पूरा गर्न नसकिने बताउँदै आएको छ । यस खण्डमा दुम्कीबासको पुलबाहेक सुनवलको तुरिया खोलाको पुल र रूपन्देही देवदहको घोडाहा खोलाको पुल पनि भाँचिएको छ ।

    तीन वटै पुलको मर्मत वा नयाा निर्माणका लागि आयोजनाले सडक विभागलाई जानकारी गराएको बुटवल–नारायणगढ सडक विस्तार आयोजना पश्चिम खण्डका प्रमुख पशुपति ज्ञवालीले बताए। ‘पश्चिम खण्डमा दुई र पूर्वी खण्डमा एउटा पुलमा क्षति पुगेको छ । यो समस्या समाधानको लागि हामीले मन्त्रालयमा जानकारी गराइसकेका छौं,’ ज्ञवालीले भने,‘अहिले चलिरहेको योजनामा यो समावेश छैन् । सडक विभागले समस्या समाधानका लागि उचित निर्णय लिन्छ भन्ने विश्वास लिएका छौं ।’

    मुख्य राजमार्ग भएकाले पहिलेको भन्दा चौगुना बढी भारवहन क्षमता भएका सवारीलाई पुराना पुलले थेग्न नसक्ने अवस्था छ । यस खण्डमा साना ठूला गरेर दैनिक १० हजार गाडी गुडछन्। त्यसमाथि ओभरलोड बोकेर आउने भारतीय गाडीको भार थेग्न धौधौ हुन्छ। ओभरलोड ल्याउने सवारीलाई सामान्य जरिवाना गरेर छुट दिने प्रचलनले गर्दा पुल र सडकमा बढी क्षति पुग्ने गरेको छ। गत वैसाख ३० गते ओभरलोड बोकेका गाडीका कारण पूर्वी नवलपरासीको चोरमारास्थित गिरुबारी पुल भाँचियो ।

    सडक विभागले १५ दिनभित्र मर्मत गरेर यातायात सञ्चालन गर्ने लक्ष्य राखेको थियो । तर, गत जेठ २४ गते पुल मर्मत गरेर यातायात सञ्चालनमा ल्यायो। पुलमा टेको लगाएर यातायात सञ्चालनमा ल्याइएको छ। (कान्तीपुरबाट)


    अर्थ चाैतारी
  • शुक्रबार, १६ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट