logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • बालेनको प्रचारमा हिँडेका पत्रकार सिटौलाको निधन

    बालेनको प्रचारमा हिँडेका पत्रकार सिटौलाको निधन

    1.1K
    SHARES
    बालेनको प्रचारमा हिँडेका पत्रकार सिटौलाको निधन

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।



    ग्रान्डी अस्पतालका अनुसार उनको आइतबार दिउँसाे १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष सिटौलाको ४५ वर्षकै उमेरमा निधन भएको हो ।

    बालेनको चुनावी प्रचारमा अछाम पुग्दा एक्कासि बेहोस भएर ढलेपछि सिटौलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएको थियो ।

    अन्तिम श्रद्धाञ्जलीका लागि पत्रकार सिटाैलाकाे शव चलचित्र विकास बोर्डमा दिउँसो २ः३० देखि ३ः०० बजे सम्म राखिनेछ । उनी फिल्म अनलाई द सिनेमा टाइम्सका सञ्चालक पनि हुन् ।

    hospital-report


    अर्थ चाैतारी
  • आइतबार, १८ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट