logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार

    अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार

    962
    SHARES
    अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार

    काठमाण्डौ । सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको सङ्ख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो ।



    कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा पनि यो सङ्ख्या १४ प्रतिशतले बढी रहेको पर्यटन बोर्डले जनाएको छ ।

    सन् २०२६ को पहिलो महिनाको तथ्याङ्क हेर्दा पर्यटक आगमनमा भारत शीर्ष स्थानमा छ । जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २८.८ प्रतिशत हो । त्यसपछि चीनबाट ९ हजार १०१ (९.८ प्रतिशत), संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६ (९.१ प्रतिशत), बङ्गलादेशबाट ५ हजार ८१४ (६.३ प्रतिशत) र अस्ट्रेलियाबाट ४ हजार ९५७ (५.४ प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन् ।

    626303087_921209497030379_7044401215506794871_n (1)

    क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकहरू (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यसपछि अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक आगमन भएको छ ।

    मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य क्षेत्रको हिस्सा ४.५ प्रतिशत रहेको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले अनुसार सन् २०२६ को पहिलो महिनाको तथ्याङ्कले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास क्रमशः मजबुत हुँदै गएको सङ्केत भएको बताएका छन् ।

    उनका अनुसार पछिल्ला वर्षहरूमा गरिएको गन्तव्य प्रवर्द्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार हुनु आगमन वृद्धिको प्रमुख कारण हो ।

    यी सकारात्मक तथ्याङ्कहरूले नेपाललाई ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’ का रूपमा स्थापित हुँदै गएको सीईओ जोशीले बताएका छन् ।

    626005275_897964546048661_8377229255011959099_n


    अर्थ चाैतारी
  • आइतबार, १८ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट