logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

    पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

    1.6K
    SHARES
    पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध

    काठमाण्डौ । रसुवाको टिमुरे-रसुवागढी खण्डको सडक सुधारका क्रममा आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ।



    सदरमुकाम धुञ्चेबाट करिब २९ किलोमिटर उत्तरी भेगमा पहिरो गएको हो। पहिरोका कारण चिनियाँ सामान आयातका लागि केरुङतर्फ जाँदै गरेका कन्टेनर घट्टेखोलामा रोकिएका छन्।

    त्यस्तै, कामको सिलसिलामा केरुङ गई घर फर्कन लागेका नेपाली पनि बाटोमै रोकिएका छन्। सडक अवरुद्ध भएपछि नेपाल-चीन मितेरी पुल पारि चिनियाँ भूभागमै नेपाली रोकिएको सीमा प्रहरी कार्यालय, टिमुरेले जनाएको छ।

    राजमार्ग पुनः सञ्चालन गर्न स्काभेटरको सहायताले पहिरो पन्छाउने काम भइरहेको सीमा प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए। पहिरो ठूलो भएका कारण जोखिमको अवस्था विश्लेषण गरेपछि मात्र पैदल यात्रुलाई आवत-जावत गराइने कुँवरले बताए। यात्रुलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।


    अर्थ चाैतारी
  • आइतबार, १८ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट