logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • बजारमा खाना पकाउने ग्यास पर्याप्त छ : वाणिज्य विभाग

    बजारमा खाना पकाउने ग्यास पर्याप्त छ : वाणिज्य विभाग

    1.4K
    SHARES
    बजारमा खाना पकाउने ग्यास पर्याप्त छ : वाणिज्य विभाग

    काठमाण्डौ । यतिबेला बजारमा ग्यास अभाव भएको गुनासो आएको छ । बजारमा ग्यास अभावको गुनासो आइरहँदा नेपाल आयल निगमले ग्यास अभाव नरहेको जानकारी दिएको छ ।



    जाडोमा ग्यासको खपत बढ्ने भएकाले माग बढेको, बजारमा हल्ला भएजस्तो ग्यास अभाव नरहेको साथै चुनावलाई लक्षित गर्दै ग्यास आयातको थप कोटा बढाएको जनाएको छ । बजारमा ग्यास अभावको गुनासो आएपछि सोमबार वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागले ग्यास उद्योगमा अनुगमन गरेको थियो ।

    विभागले अनुगमनका क्रममा ग्यास पर्याप्त मात्रामा रहेको पाइएको जनाएको छ । विभागले बालाजुस्थित नेपाल ग्यास उद्योग, कलंकीस्थित साइबाबा ग्यास उद्योग, भक्तपुरको महाकाली ग्यास स्टोर्स र ग्यास एण्ड अक्सिजन ट्रेडर्समा अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा यी उद्योगलाई सामान्य निर्देशन दिइएको जनाएको छ । यस्तै मंगलबार पनि एभरेस्ट ग्यासलगायतका ग्यास उद्योगको अनुगमनका लागि विभागको टोली खटिएको जनाएको छ ।

    साथै अनुगमनका क्रममा पर्याप्त मात्रामा ग्यास रहेको र अभावको हल्लाका पछि नलाग्न विभागले आग्रह गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २० माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट