logo

२०८३ असार २८, आइतबार

logo
  • २०८३ असार २८, आइतबार
  • ५.५ फेडरभन्दा कममा फिल्म ‘कुमारी’ नदेखाउन हललाई निर्देशक राउत आग्रह

    ५.५ फेडरभन्दा कममा फिल्म ‘कुमारी’ नदेखाउन हललाई निर्देशक राउत आग्रह

    1.7K
    SHARES
    ५.५ फेडरभन्दा कममा फिल्म ‘कुमारी’ नदेखाउन हललाई निर्देशक राउत आग्रह

    काठमाडौँ । शुक्रबार अर्थात माघ २३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कुमारी’ को साउन्ड मिक्सिङ इमर्सिभ फर्म्याटमा गरिएको छ। मंगलबार फिल्मका निर्देशक दिनेश राउतले हलका प्राविधिकलाई पत्राचार गर्दै यसबारे जानकारी गराएका हुन्।



    डल्बी एट्मस, डीटीएसःएक्स र औरोम्यास प्रविधि जडान भएका हलमा फिल्म हेर्दा दर्शकले सिनेम्याटिक अनुभव गर्ने पत्रमा उल्लेख छ ।‘फिल्मको साउन्ड मिक्सिङ तथा मास्टरिङ साउन्ड प्रोसेसर फेडर युनिट ५.५ मा गरिएको छ । यसो गर्दा फिल्मको साउन्डको डाइनामिक सुरक्षित रहनुका साथै दर्शकले उत्कृष्ट र पूर्ण सिनेम्याटिक अनुभव प्राप्त गर्नेछन्,’पत्रमा लेखिएको छ।

    ५.५ फेडर युनिटमा फिल्मको ट्रायल शो भइसकेकाले उक्त भोल्युम युनिटभन्दा कममा फिल्म नदेखाउन पनि निर्देशक राउतले पत्रमार्फत आग्रह गरेका छन्।

    प्रेमकथामा आधारित यस फिल्मबाट अबिषेक खड्का र आकृति राजभण्डारीले डेब्यु गर्दैछन्। प्रेमकथामा आधारित यस फिल्ममा विकास सुवेदीको कथा रहेको छ। फिल्ममा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारहरूको अभिनय रहेको छ।

     


    अर्थ चाैतारी
  • मंगलबार, २० माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट