logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • नेकपाले ल्यायो ‘स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र’

    नेकपाले ल्यायो ‘स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र’

    936
    SHARES
    नेकपाले ल्यायो ‘स्वाधीन र समृद्ध नेपाल निर्माणको मार्गचित्र’

    काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र तयार पारेको छ।



    मंगलबार अपराह्न सार्वजनिक हुने चुनावी घोषणापत्रलाई नेकपाले ‘प्रतिबद्धतापत्र’ भनेको छ। जसमा ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारा अगाडि सारिएको एक नेताले बताए।

    उनका अनुसार, झण्डै १३ हजार शब्दको प्रतिबद्धतापत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायहितको समृद्धिलाई प्राथमिकतामा राखिएको छ। त्यसका लागि नेकपाले ‘स्वाधिन र समृद्ध नेपालका निर्माणको मार्गचित्र’ अघि सारेको हो।

    पाँच वटा अध्यायमा विभाजित प्रतिबद्धतापत्रको पहिलो अध्यायमा नेपाली कम्युनिस्ट पार्टीको दृष्टिकोण राखिएको छ। त्यस्तै, दोस्रो अध्यायमा राजनीतिक स्थायित्व, सुशासन र परिणामुखी प्रशासनबारे चर्चा गरिएको छ।

    नेकपाका २५ जनाभन्दा बढी नेता मिलेर प्रतिबद्धतापत्र तयार गरेका हुन्। आजै नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा कार्यक्रम आयोजना गरि प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, २७ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट