logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • काठमाण्डौबाट सुर्खेत जाँदै गरेको यात्रु बसमा आगलागी, यात्रु सबै सकुशल

    काठमाण्डौबाट सुर्खेत जाँदै गरेको यात्रु बसमा आगलागी, यात्रु सबै सकुशल

    1K
    SHARES
    काठमाण्डौबाट सुर्खेत जाँदै गरेको यात्रु बसमा आगलागी, यात्रु सबै सकुशल

    काठमाण्डौ । काठमाण्डौबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बसमा आगो लागेर जलेको छ ।



    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाका अनुसार काठमाण्डौबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको रात्री बसमा आज बिहान ४ बजे लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लास्थित सिसिरिया पुल नजिक आगलागी भएको थियो ।

    बसको पछाडिको गुड्दै गरेको दुवै टायरमा एक्कासीको आगोको लप्का देखापरेको थियो । ति दुवै टायर नजिकै रहेको तेलको ट्याँकीलाई समेत आगोको लप्काले समातेपछि उक्त बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगोका कारण बसका दुवै टायर जलेर पड्केको थियो ।

    दमकल र प्रहरी घटनास्थलमा पुग्न करिब २ घण्टा ढिलो हुँदो बस पूर्ण रुपमा जलेर नष्ट भएको बसका चालक नरेन्द्र बिश्वकर्माले जानकारी दिएका छन् ।

    चालक विश्वकर्माका अनुसार बसमा आगो लागेपछि बसमा सवार रहेका ३८ जना यात्रु र सामान बाहिर निकालिएको थियो । यसले कुनै पनि मानवीय क्षति हुन पाएन ।


    अर्थ चाैतारी
  • विहिबार, २९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट