logo

२०८३ जेष्ठ ११, सोमबार

logo
  • २०८३ जेष्ठ ११, सोमबार
  • सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    793
    SHARES
    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाण्डौ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्यमा वृद्धि भएको हो।



    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, प्रतिदश ग्राम सुनको मूल्य २ लाख ६६ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

    यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने प्रतिदश ग्राम २ लाख ६१ हजार २३० रुपैयाँ तोकिएको थियो। दुई दिनको अन्तरालमा प्रतितोला ५ हजार ६०० रुपैयाँले वृद्धि भएको छ।

    त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ हजार ४२५ रुपैयाँ र प्रतिदश ग्राम ४ हजार ६५१ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ र प्रतिदश ग्राम ४ हजार ३३० रुपैयाँ कायम भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १० फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट