logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • ओरिएण्टल इन्स्योरेन्सको उन्नत डिजिटल प्लेटफर्म शुभारम्भ: अब अनलाइनबाटै बीमा पोलिसी खरिद र दाबी गर्न सकिने

    ओरिएण्टल इन्स्योरेन्सको उन्नत डिजिटल प्लेटफर्म शुभारम्भ: अब अनलाइनबाटै बीमा पोलिसी खरिद र दाबी गर्न सकिने

    689
    SHARES
    ओरिएण्टल इन्स्योरेन्सको उन्नत डिजिटल प्लेटफर्म शुभारम्भ: अब अनलाइनबाटै बीमा पोलिसी खरिद र दाबी गर्न सकिने

    काठमाण्डौ । नेपालको बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो उन्नत डिजिटल बीमा प्लेटफर्मको औपचारिक शुभारम्भ गरेको छ। बीमा सेवाको आधुनिकीकरणमा महत्वपूर्ण कोसेढुंगा मानिएको यस प्लेटफर्ममार्फत ग्राहकहरूले अब घरमै बसेर सुरक्षित र सहज रूपमा विभिन्न बीमा सुविधाहरू प्राप्त गर्न सक्नेछन्।



    नयाँ डिजिटल प्रणाली लागू भएसँगै ग्राहकहरूले अब अनलाइनमार्फत सिधै बीमा पोलिसी खरिद गर्न सक्नेछन्। यसका साथै, बीमा दाबी प्रक्रियालाई सरल बनाउन डिजिटल माध्यमबाटै दाबी दर्ता गर्ने, दाबीको अवस्थाबारे ‘रियल-टाइम’ (Real-time) जानकारी लिने र आवश्यक कागजातहरू अनलाइनबाटै अपलोड गरी पेश गर्ने सुविधा समेत उपलब्ध गराइएको छ। यसले ग्राहकहरूलाई भौतिक रूपमा कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति दिने कम्पनीले जनाएको छ।

    यस प्लेटफर्ममा बीमा दाबीसँग सम्बन्धित सर्वेयरहरूका लागि समेत विशेष व्यवस्था गरिएको छ। नियुक्त गरिएका सर्वेयरहरूले आफ्नो सर्वे प्रतिवेदन कम्पनीको सुरक्षित पोर्टलमार्फत प्रत्यक्ष रूपमा अपलोड गर्न सक्नेछन्। यस प्रक्रियाले दाबी फछ्र्यौटलाई छिटो र छरितो बनाउनुका साथै कम्पनी र सर्वेयरबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ। कागजी कार्यमा कमी र समयको बचत हुने भएकाले यसलाई ग्राहक केन्द्रित सेवाको रूपमा हेरिएको छ।

    डिजिटल रूपान्तरणको यो प्रयासले पारदर्शिता, दक्षता र पहुँचयोग्यता सुनिश्चित गर्दै बीमा सेवालाई जुनसुकै समय र स्थानबाट ग्राहकसम्म पुर्‍याउने लक्ष्य राखेको छ। प्रविधिको उच्चतम प्रयोगमार्फत सञ्चालन दक्षता र सुशासन सुदृढ गर्दै ओरिएण्टल इन्स्योरेन्सले नेपालको बीमा बजारमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउने दाबी गरेको छ।

    शुभारम्भका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले यो पहल कम्पनीको नवप्रवर्तन र सेवा उत्कृष्टताप्रतिको प्रतिबद्धता भएको बताउनुभयो। सबै प्रयोगकर्ताका लागि सुरक्षित र भरपर्दो कारोबार सुनिश्चित गर्न प्लेटफर्ममा विशेष सुरक्षा उपायहरू अपनाइएको छ। ओरिएण्टल इन्स्योरेन्सले डिजिटल युगका परिवर्तित आवश्यकताहरू पूरा गर्न आगामी दिनमा पनि निरन्तर लागी रहने प्रतिबद्धता जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट