logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • हिमालयन रिको बोर्डबाट फेरि बाहिरिए ४ सञ्चालक, दुई जनाको ‘इन्ट्री’

    हिमालयन रिको बोर्डबाट फेरि बाहिरिए ४ सञ्चालक, दुई जनाको ‘इन्ट्री’

    286
    SHARES
    हिमालयन रिको बोर्डबाट फेरि बाहिरिए ४ सञ्चालक, दुई जनाको ‘इन्ट्री’

    काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समितिबाट ४ जनाले राजीनामा दिएका छन्। सञ्चालकहरु अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र शुभाष कुमार झुनझुनवाला बाहिरिएका हुन्। झुनझुनवाला स्वतन्त्र सञ्चालक थिए।



    चार जना बाहिरिएसँगै दीपक कुमार मिश्र र स्वतन्त्र सञ्चालकमा आशिष चन्द्र न्यौपाने नयाँ सञ्चालक नियुक्त भएका छन्। उक्त चार जनाले दिएको राजीनामा गत ४ गतेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको कम्पनी सचिव सन्तोष केसीले जानकारी दिए।

    यसअघि गत फागुन २५ मा सञ्चालक समिति अध्यक्ष शेखर गोल्छाले राजीनामा दिएका थिए। चैत ५ मा उनको राजीनामा स्वीकृत भएको थियो। गोल्छाले सञ्चालकबाट पनि राजीनामा दिएका थिए भने उनीसँगै शाहिल अग्रवाल र रोहित गुप्ताले पनि राजीनामा दिएका थिए।

    उनीहरु तीन जनाको ठाउँमा उदय कुमार निरौला, दीपेन्द्र कुमार मिश्र र पृथ्वीराज थापा नियुक्त भइसकेका छन्।

     


    अर्थ चाैतारी
  • मंगलबार, ८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट