logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • पाल्पा सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

    पाल्पा सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

    1.1K
    SHARES
    पाल्पा सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रीजले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज फागुन १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १२ गतेदेखि आम सर्वसाधारणलाई ४५ लाख कित्ता शेयर निष्काशन गरेको हो ।



    आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता शेयरको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

    कम्पनीले यस अघि नै उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले पुस ९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। कम्पनीले कुल ७५ करोड रुपैयाँको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने छ।

    यो कम्पनी सन् २००९ मा स्थापना भएको हो। कम्पनीको फ्याक्ट्री नवलपरासीमा रहेको छ। कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ। कम्पनीमा आरएमसी ग्रुपको लगानी छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट