logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • याम्बलिङ्ग हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

    याम्बलिङ्ग हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

    1K
    SHARES
    याम्बलिङ्ग हाइड्रोपावरले पायो आईपीओ निष्काशन अनुमति

    काठमाण्डौ । याम्बलिङ्ग हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र आज फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।



    अब कम्पनीले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    यस कम्पनीले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाट क्षमताको याम्बलिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० फागुन ८ देखि विद्युत उत्पादन गरिरहेको छ ।

    यस कम्पनीकी अध्यक्ष इन्द्र माया तामाङ हुन्। अन्य संचालकमा उदीधाम बहादुर देवकोटा, नर हांङ राई, समय कर्माचार्य, रोशन शाह, र सशीराज श्रेष्ठ रहेका छन् ।


    अर्थ चाैतारी
  • सोमबार, १८ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट