logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • अन्नपुर्ण राठी केवल इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, विदेशी लगानी भित्र्याउने

    अन्नपुर्ण राठी केवल इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, विदेशी लगानी भित्र्याउने

    962
    SHARES
    अन्नपुर्ण राठी केवल इन्डस्ट्रीजले आईपीओ निष्काशन गर्ने, विदेशी लगानी भित्र्याउने

    काठमाण्डौ । अन्नपुर्ण राठी केवल इन्डस्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ  । कम्पनीले फागुन २५ गते बोलाएको साधारणसभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुन लागेको हो ।



    त्यस्तै कम्पनीले विदेशी लगानी भित्र्याउने र सो समबन्धि प्रस्ताव पनि सभामा पेश गर्ने भएको छ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यी कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि पेश हुने छ ।

    यो कम्पनी राठी ग्रुप अन्तर्गतको हो । कम्पनीले राठी र अन्नपूर्ण ब्राण्डमा विभिन्न प्रकारका तार र केवल उत्पादन गर्दै आएको छ।

    यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

    १. आ.व.२०८१/०८२ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने बारे ।

    २. आ.व.२०८१/०८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्ने बारे ।

    ३. आगामी आ.व.२०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।

    ४. सञ्चालक समितिको कार्यकालको सम्बन्धमा ।

    ५. नगद लाभांश वितरणन गर्ने सम्बन्धमा ।

    ६. कम्पनीको उद्देश्य थप गर्ने विशेष प्रस्ताव ।

    ७. कम्पनीको संस्थापक शेयरधनी समुह (क) तथा सर्वसाधारण शेयरधनी समूह (ख) तर्फको पूँजी संरचना परिवर्तन गर्ने बिशेष प्रस्ताब ।

    ८. IPO निष्काशनको लागि आबश्यक प्रकृया शुरुवात गर्ने सम्बन्धमा ।

    ९. कम्पनीको शेयर बिक्री पश्चात विदेशी लगानी भित्रयाउने सम्बन्धमा ।

    १०. प्रबन्धपत्र/नियमावलीमा भएको संसोधन अभिलेख गराउने सम्बन्धमा। विविध / अख्तियारी प्रत्यायोजन गर्ने बारे ।


    अर्थ चाैतारी
  • सोमबार, १८ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट