काठमाण्डौ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा यही चैत २४ गते डाकिएको हो। सभा धनुषाको जनकपुरधामस्थित भानुचोकमा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयमा अपराह्न १ बजेबाट सुरु हुनेछ।
सभाले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन स्वीकृति गर्नेछ।
सोही सभाले कम्पनीको लेखापरीक्षकको प्रतिवेदनसँगै नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायतका वित्तीय विवरण पारित गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
अर्थ चाैतारी ।