logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा प्राधिकरणका प्रमुखसँग अर्थमन्त्रीले गरे विदाई भेट

    राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा प्राधिकरणका प्रमुखसँग अर्थमन्त्रीले गरे विदाई भेट

    468
    SHARES
    राष्ट्र बैंक, धितोपत्र बोर्ड र बीमा प्राधिकरणका प्रमुखसँग अर्थमन्त्रीले गरे विदाई भेट

    काठमाण्डौ । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र बैक तथा वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखहरुसँग भेटघाट/छलफल भएको छ । अर्थ मन्त्रीको रुपमा कार्यकाल सकिन लागेका अर्थमन्त्रीले विदाई भेट गरेका हुन् । नयाँ प्रधानमन्त्री नियुक्त भएसंगै उनको कार्यकाल सकिने छ।



    आज सोमबार अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बराल समेतको उपस्थिति रहेको उक्त भेटघाटमा नियामक निकायहरुको तर्फबाट नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेल र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको सहभागिता रहेको थियो ।

    उक्त भेटघाटमा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आफुलाई अर्थमन्त्रीको रुपमा रहदा समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न, पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउन र आर्थिक सुशासन कायम गराउनका लागि नियामक निकायहरुले खेलेको भूमिका प्रति हार्दिक धन्यवाद प्रदान गरे ।

    सो अवसरमा नियामक निकायका प्रमुखहरुले अर्थमन्त्रीसँगको सहकार्य फलदायी रहेको स्मरण गराउदै नेपालको बैक तथा वित्तीय क्षेत्रको विकास र वित्तीय अनुशासन कायम गराउनमा अर्थ मन्त्रालयले अवलम्बन गरेका नीति र मार्गनिर्देशनका लागि अर्थमन्त्रीप्रति आभार व्यक्त गरेको अर्थ मन्त्रालयले जनाएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट