काठमाण्डौ । इजरायली सेनाले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र इराजयलतर्फ बढिरहेको भन्दै जोखिम क्षेत्रका नागरिकलाई त्यहाँबाट भाग्न आग्रह गरेको छ।
टेलिग्राममा पोस्ट गरिएको आपत्कालीन अलर्टमा भनिएको छ, “खतरा रोक्न रक्षा प्रणाली सक्रिय पारिएको छ।”
यसैबिच रोयटर्सका अनुसार इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमणको खतराबिच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।
यूएईको सरकारी समाचार एजेन्सीले मंगलबार उल्लेख गरेअनुसार उड्डयन अधिकारीहरूले “असाधारण सावधानी उपाय”का रूपमा देशको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन्।
अर्थ चाैतारी ।