logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • पाँचथर र ताप्लेजुङमा निर्माणाधीन २ पुल भाँचिए

    पाँचथर र ताप्लेजुङमा निर्माणाधीन २ पुल भाँचिए

    559
    SHARES
    पाँचथर र ताप्लेजुङमा निर्माणाधीन २ पुल भाँचिए

    पाँचथर । पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुई वटा पुल बाढीले भत्काएको छ । पाँचथरको याङ्बरक गाउँपालिका–२ को मेवाखोलामा र ताप्लेजुङको नेरुवा खोलामा बन्दै गरेका पुल गएरातिको बाढीले भत्काएको हो । बाढी आएर खोलाको सतह गहिरो बनाएर टेका र फर्मा ढलेपछि पुल भाँचिएको प्राविधिकहरुको भनाइ छ ।



    मध्यपहाडी राजमार्ग अन्तर्गत पाँचथरको मेवाखोलामा ४० मिटर लामो पुल बन्दै थियो । दुई वर्र्ष अगाडि पुल बगाएपछि प्रदेश पूर्वाधार कार्यालयबाट नयाँ पुल बनाउने काम अघि बढेको थियो । मेवाखोलामा ९० प्रतिशत काम सपन्न भइसकेको पुल भाँचिएको मध्यपहाडी लोकमार्ग फिदिम आयोजना कार्यालयका प्रमुख सञ्जय मिश्रले जानकारी दिए । ७ करोड ७६ लाख रुपैयाँमा सरोज निर्माण सेवाले पुल निर्माणको ठेक्का लिएको थियो ।

    ‘चैत–२ गते ढलान भएको थियो, प्राकृतिक प्रकोपले पुल भाँचिदियो,’ मिश्रले भने । मेवा खोलामा पुल नहुँदा उत्तरी च्याङ्थापु, फलैचाबासिले सास्ती खेप्दै आएका छन् ।

    यसैगरी ताप्लेजुङको नेरुवा खोलामा ३५ मिटर लामो पुल भाँचिएको पूर्वाधार कार्यालय ताप्लेजुङका प्रमुख कुमार कर्णले बताए । उनका अनुसार यहाँ पनि काम अन्तिम चरणमा पुगेको थियो । राति बाढी आएर सपोर्टलाई क्षति गर्दा पुल भाँचिएको उनको भनाइ छ ।

    ‘ढलानको २८ दिनपछि रड तन्काउनु पर्ने हुन्छ । त्यो गर्न नपाई बाढी बाढीले पुल भाँचियो’, कर्णले भने, ‘नत्र केही हप्ता पछि गाडी कुदाउन मिल्ने थियो ।’

    ७ करोड ४७ लाख रुपैयाँमा ठेक्का लिएर पुल निर्माणको काम सञ्जिव निर्माण सेवाले गर्दै थियो ।


    अर्थ चाैतारी
  • बुधबार, ११ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट