logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी फोनलोन’ सेवा सुरु, बिना धितो एक लाखसम्म कर्जा

    राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी फोनलोन’ सेवा सुरु, बिना धितो एक लाखसम्म कर्जा

    364
    SHARES
    राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी फोनलोन’ सेवा सुरु, बिना धितो एक लाखसम्म कर्जा

    काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले मोबाइल एप ‘आरबीबी डिजिटल संसार’ मार्फत प्रयोग गर्न मिल्ने डिजिटल लेन्डिङ सेवा ‘आरबीबी फोनलोन’ सञ्चालनमा ल्याएको छ । उक्त सेवा कार्यान्वयनका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र फोनलोन प्राइभेट लिमिटेडबीच सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ ।



    आरबीबी फोनलोन सेवामार्फत ग्राहकहरूले बिना धितो, बिना कागजी प्रक्रिया तथा बैंकमा भौतिक रूपमा उपस्थित नभई हाललाई एक लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् । यो सुविधा बैंकमा तलबी खाता भएका ग्राहकहरूले खाताको कारोबारका आधारमा प्राप्त गर्नेछन् ।

    कर्जा लिन इच्छुक ग्राहकहरूले आफ्नो खातासँग दर्ता भएको मोबाइल बैंकिङ सेवा प्रयोग गरी ‘आरबीबी डिजिटल संसार’ एपमार्फत आवेदन दिनुपर्नेछ । आवेदनपछि बैंकले आवश्यक प्रक्रिया पूरा गरी कर्जा स्वीकृत गर्ने व्यवस्था गरिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट