logo

२०८३ असार ३, बुधबार

logo
  • २०८३ असार ३, बुधबार
  • नवनियुक्त प्रधानमन्त्री शाहलाई पाकिस्तानको बधाई

    नवनियुक्त प्रधानमन्त्री शाहलाई पाकिस्तानको बधाई

    1.1K
    SHARES
    नवनियुक्त प्रधानमन्त्री शाहलाई पाकिस्तानको बधाई

    काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।



     

    पाकिस्तानी प्रधानमन्त्री सरिफले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको भारी बहुमतसहित निर्वाचित भई पदभार ग्रहण गरेकोमा प्रधानमन्त्री शाहलाई बधाई ज्ञापन गरेका छन्।

     

     

    उनले पाकिस्तानले नेपालसँगको दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई उच्च महत्त्व दिएको उल्लेख गर्दै क्षेत्रीय शान्ति, स्थिरता र समृद्धिका साझा लक्ष्यहरूलाई अघि बढाउँदै द्विपक्षीय सहकार्य अझ सुदृढ बनाउन प्रधानमन्त्री शाहसँग नजिकबाट सहकार्य गर्ने अपेक्षा राखेको बताए। रासस


    अर्थ चौतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट