logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • नवनियुक्त प्रधानमन्त्री शाहलाई चीनले दियो बधाइ

    नवनियुक्त प्रधानमन्त्री शाहलाई चीनले दियो बधाइ

    1.2K
    SHARES
    नवनियुक्त प्रधानमन्त्री शाहलाई चीनले दियो बधाइ

    काठमाण्डौ। नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई चीनले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नियमित पत्रकार सम्मेलनमा आज चीनका तर्फबाट प्रधानमन्त्री शाहलाई बधाई दिए ।



     

     

    साथै उनले परम्परागत मित्र र छिमेकीका रूपमा, चीनले सधैँ नेपाललाई आफ्नो स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउन, साथै एकता, स्थायित्व, विकास र समृद्धि हासिल गर्न सहयोग गर्दै आएको उल्लेख गरे ।

     

     

    सो अवसरमा प्रवक्ता लिनले चीन नयाँ नेपाली सरकारसँग मिलेर परम्परागत मित्रतालाई अझ सुदृढ बनाउन, व्यावहारिक सहकार्यलाई गहिरो बनाउन तथा विकास र समृद्धिका लागि दीर्घकालीन रणनीतिक सहकार्य साझेदारीलाई अघि बढाउन तयार रहेको बताए ।


    अर्थ चौतारी
  • शनिबार, १४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट