logo

२०८३ बैशाख १८, शुक्रबार

logo
  • २०८३ बैशाख १८, शुक्रबार
  • अर्थमन्त्रीले भने, ‘विगतको भन्दा फरक बजेट ल्याउँछौँ, निजी क्षेत्रलाई दिल खोलेर सहयोग गर्छौँ’

    अर्थमन्त्रीले भने, ‘विगतको भन्दा फरक बजेट ल्याउँछौँ, निजी क्षेत्रलाई दिल खोलेर सहयोग गर्छौँ’

    468
    SHARES
    अर्थमन्त्रीले भने, ‘विगतको भन्दा फरक बजेट ल्याउँछौँ, निजी क्षेत्रलाई दिल खोलेर सहयोग गर्छौँ’

    काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले विगतको भन्दा फरक बजेट ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई)को टोलीसँग सोमबार साँझ भएको भेटमा अर्थमन्त्री वाग्लेले ‘हामी बजेटबाट केही फरक सम्बोधन गर्दैछौँ’ भनेका हुन् ।



    ‘निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएको छ, अब आर्थिक समृद्धि हासिल गर्नुपर्नेछ’ उनले भने, ‘हामी बजेटबाट केही फरक सम्बोधन गर्दैछौं ।’

    उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने र निजी क्षेत्रमुखी आर्थिक वातावरण बनाउने उनले बताए । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुलाई इमानदारीपूर्वक उद्योग र व्यापार गर्न आग्रह गर्दै उनले सरकार दिल खोलेरै सहयोग गर्न तयार रहेको पनि बताए ।

    ‘पहिलो दिन नै हामीले १५ वटा कानुन खारेज गरेर सरकार र हाम्रो पार्टी निजी क्षेत्रप्रति उदार र सहयोगी छ भन्ने सन्देश दिइसकेको छ । हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने हो’ उनले थपे, ‘निजी क्षेत्रका साथीहरू इमानदारीपूर्वक उद्योग र व्यापार गर्नुस् हामी दिल खोलेरै सहयोग गर्छौँ ।’

    अर्थमन्त्री वाग्लेले कुनै बहुराष्ट्रिय ठूलो कम्पनी वा त्यसको लगानी भित्र्याएर लगानी मैत्री वातावरण बनाउन पहल थाल्न र सरकारले सबै खाले सहयोग गर्ने बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट