logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • हिमालयन रिको सेयर मूल्यमा ऐतिहासिक झट्का, प्राधिकरणले बोलायो बोर्ड बैठक

    हिमालयन रिको सेयर मूल्यमा ऐतिहासिक झट्का, प्राधिकरणले बोलायो बोर्ड बैठक

    689
    SHARES
    हिमालयन रिको सेयर मूल्यमा ऐतिहासिक झट्का, प्राधिकरणले बोलायो बोर्ड बैठक

    काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य लगातार घट्दै वर्षकै न्यून विन्दु नजिक पुगेको छ । एक वर्ष अर्थात ५२ हप्ताअघि यस कम्पनीको उच्च मूल्य ११३९ रुपैयाँ र न्यून मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो ।



    आज ७६७ रुपैयाँमा कारोबार सुरु भएकोमा अन्तिम समयमा आउँदा घटेर ७०४.७० रुपैयाँ पुगेको छ । जुन वर्षकै न्यून विन्दुमा भएको कारोबार हो ।

    आज सबैभन्दा धेरै हिमालयन रिको सेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको १० प्रतिशतले सेयरमूल्य घटेको छ । कारोबार रकमको आधारमा पनि आज सबैभन्दा धेरै कारोबार हिमालय रि को रहेको छ । उक्त कम्पनीको ५८ करोड २८ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।

    हिमालय रिलाई नेपाल बीमा प्राधिकरणले समस्याग्रस्त घोषणा गर्दैछ भन्ने हल्लाले सेयर मूल्य घटेको हो । यस विषयमा छलफलको लागि आज बीमा प्राधिकरणले बोर्ड बैठक समेत बोलाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट