logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • आजदेखि सरकारी-सार्वजनिक कार्यालय खुल्ने समय ९–५ बजेसम्म, सातामा २ दिन बिदा

    आजदेखि सरकारी-सार्वजनिक कार्यालय खुल्ने समय ९–५ बजेसम्म, सातामा २ दिन बिदा

    481
    SHARES
    आजदेखि सरकारी-सार्वजनिक कार्यालय खुल्ने समय ९–५ बजेसम्म, सातामा २ दिन बिदा

    काठमाण्डौ । आज (चैत २३) देखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्।



    आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आजदेखि शैक्षिक संस्थाबाहेक सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुला रहने भएका हुन्।

    यस्तै आजदेखि सार्वजनिक बदिा सातामा दुई दिन शनिबार र आइतबार बिदा पनि हुने भएको छ। यद्यपि शैक्षिक संस्थामा भने यो नियम नयाँ शैक्षिक सत्र सुरु हुने दिन वैशाख १५ देखि लागु हुने सरकारले जनाएको छ।

    तर जाडो याम कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम रहने गृह मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ।


    अर्थ चाैतारी
  • सोमबार, २३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट