logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • अभिकर्ताको योगदान बिना बीमा उद्योगको विकास असम्भवः सुवेदी

    अभिकर्ताको योगदान बिना बीमा उद्योगको विकास असम्भवः सुवेदी

    364
    SHARES
    अभिकर्ताको योगदान बिना बीमा उद्योगको विकास असम्भवः सुवेदी

    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले अभिकर्ताको योगदान बिना बीमा उद्योगको विकास असम्भव रहेको बताएका छन्।



    काठमाण्डौ आज आयोजित पेसागत बीमा अभिकर्ता संघ नेपाल (राष्ट्रिय ट्रेड युनियन संघ)को आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक सुवेदीले यस्तो धारणा राखेका हुन्। ‘बीमा कम्पनीहरुले तपाइँहरुलाई कन्भिन्स गरेर अभिकर्ता बनाए होलान्’, उनले भने, ‘तर, अभिकर्तालाई व्यावसायिक बनाउन आवश्यक नीति तर्जुमा गर्न र आवश्यक परेको खण्डमा हस्तक्षेप गर्न बीमा प्राधिकरण तयार छ।’

    प्राधिकरणले बीमा मध्यस्थकर्ता (बीमा अभिकर्ता, बीमा दलाल, तेस्रो पक्ष सहजकर्ता)को समन्वयमा बीमा क्षेत्रलाई अगाडि बढाउने प्रयास गरिरहेको पनि सुवेदीले बताए। ‘आमनेपालीलाई उनीहरुको सम्पत्ति, दायित्व र जीवन सुरक्षाको प्रत्याभूति गर्ने प्रयास गरिरहेका छौँ’, उनले भने।

    त्यसैले अभिकर्ताहरुको यो योगदान पूरै राष्ट्रका लागि, अर्थतन्त्रमा एउटा इँटा थप्नका लागि अथवा सम्पूर्ण सेवाका लागि एकदमै महत्वपूर्ण रहेको सुवेदीले बताए। ‘नेपालका सेवा क्षेत्रमा सबैभन्दा द्रुत गतिमा अगाडि बढिरहेको क्षेत्रमध्ये बीमा क्षेत्र एउटा हो’, उनले भने, ‘यो क्षेत्रलाई थप ऊर्जाशील बनाउन र गर्वशाली बनाउनका लागि हामी सबै मिलेर सँगै अगाडि बढायौँ, बीमा प्राधिकरण सधैँ तपाइँहरुको साथमा रहनेछ।’
    अन्त्यमा सुवेदीले संघको महाधिवेशनको सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरे। ‘अभिकर्ताको नयाँ नेतृत्वसँग मिलेर काम गर्न प्राधिकरण तयार छ’, उनले भने।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट