logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • नेपाल वेलनेस इयर २०२७ को तयारी : क्यालेन्डर बनाउँदै पर्यटन बोर्ड

    नेपाल वेलनेस इयर २०२७ को तयारी : क्यालेन्डर बनाउँदै पर्यटन बोर्ड

    299
    SHARES
    नेपाल वेलनेस इयर २०२७ को तयारी : क्यालेन्डर बनाउँदै पर्यटन बोर्ड

    काठमाण्डौ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आरोग्य र वेलनेस क्षेत्रलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    जोशीले कम्तीमा १५ लाख नेपालीलाई आफू जहाँ भए पनि दैनिक कम्तीमा १५ मिनेट आरोग्यका कुनै न कुनै गतिविधिमा सहभागी हुन आह्वान गरेका छन् । उनले यस अभियानलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी व्यापक बनाउनसमेत आग्रह गरे ।

    पर्यटन बोर्डले ‘नेपाल वेलनेस इयर २०२७’ का लागि विशेष क्यालेन्डर निर्माण गरिरहेको जानकारी पनि जोशीले दिए । उनले आरोग्य, वेलनेस, स्पा र मेडिटेसनसम्बन्धी काम गरिरहेका व्यक्ति तथा संस्थाहरूलाई आफ्ना महत्त्वपूर्ण कार्यक्रमहरू सो क्यालेन्डरमा समावेश गर्न आग्रह गरे ।

    उनले भने, ‘हामीले एउटा महत्त्वपूर्ण अभियानकै हिसाबले सार्वजनिक आह्वान गरेका छौँ । कम्तीमा १५ लाख नेपाली आफू जहाँ छन्, जुन अवस्थामा छन्, त्यहीँ कम्तीमा १५ मिनेट आरोग्यका गतिविधि गरेर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने हाम्रो कार्यक्रम छ । त्यसैगरी घोषणा भएको ‘नेपाल वेलनेस इयर २०२७’ का लागि हामी एउटा क्यालेन्डर बनाउँदै छौँ । आरोग्य, वेलनेस, स्पा र मेडिटेसनसम्बन्धी काम गरिरहेका व्यक्ति वा संस्थाका महत्त्वपूर्ण कार्यक्रम छन् भने हामी त्यसलाई क्यालेन्डरमा समावेश गर्नेछौँ ।’

    यस अभियानलाई सफल बनाउन सहकार्य र समन्वयका लागि बोर्ड सधैँ तयार रहेको पनि उनले स्पष्ट पारेका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, २ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट