logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • संसद् पुग्यो गौरीबहादुर कार्की आयोगको प्रतिवेदन

    संसद् पुग्यो गौरीबहादुर कार्की आयोगको प्रतिवेदन

    533
    SHARES
    संसद् पुग्यो गौरीबहादुर कार्की आयोगको प्रतिवेदन

    काठमाण्डौ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालय पुगेको छ । पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगको प्रतिवेदन प्राप्त भएको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार उक्त प्रतिवेदन संसद् सचिवालयको पुस्तकालयमा रहनेछ ।



    गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न सरकारले कार्कीको नेतृत्वमा ५ असोज २०८२ मा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद्‌ विश्वेश्वर भण्डारी थिए ।

    आयोगले २४ फागुन २०८२ मा आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो । तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले नै यो प्रतिवेदन सार्वजनिक गर्ने भनेको थियो ।

    आयोगले गरेका कतिपय सिफारिस वर्तमान सरकारले कार्यान्वयनमा समेत लगिसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस भएको थियो ।

    त्यसअनुसार दुवै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । अदालतको आदेशबाट दुवै जना रिहा भइसकेका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, २ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट