logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • ​ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

    ​ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

    442
    SHARES
    ​ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

    काठमाण्डौ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘प्रथम अन्तर्राष्ट्रिय आयोग्य दिवस’ मनाइएको छ ।



    नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको महासभाले प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेसँगै आज देशभर ‘प्रथम अन्तर्राष्ट्रिय आयोग्य दिवस’ मनाइएको हो । ग्राण्डी अस्पतालले जीवन विज्ञानको सहकार्यमा आज ‘स्व जागरण ध्यान’ कक्षा सञ्चालन गरेको हो ।

    कार्यक्रममा जीवन विज्ञानकी योगा तथा ध्यान विशेषज्ञ डाक्टर आरती रेग्मीले स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली अपनाउनका लागि योग, ध्यान महत्वपूर्ण रहेको उल्लेख गरिन् । उनले कार्यव्यस्तताको जीवनलाई थोरै भएपनि आनन्दको अनुभूती दिलाउन यस्ता कार्यक्रमको आवश्यकता रहेको बताइन् ।

    अस्पतालकी उपमहाप्रबन्धक अर्चना प्रधानले स्वास्थ्य जीवनका लागि ध्यान र योग उपयोगी भएको बताउँदै स्वास्थ्य जीवनका लागि सबैले योगाभ्यास गर्नुपर्ने बताइन् । उनले अस्पतालका कर्मचारीलाई स्वास्थ्य राख्नका लागि आगामी दिनमा अस्पतालले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

    यसअघि पनि ग्राण्डी अस्पतालले विभिन्न संघ संस्थासँग मिलेर अस्पतालका डाक्टर तथा कर्मचारीलाई योग, ध्यानको कक्षा दिँदै आएको थियो ।


    अर्थ चाैतारी
  • बुधबार, २ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट