काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिका सभापतिहरूको नाम टुंगो लगाएको छ । रास्वपा संसदीय दलको बिहीबार दिउँसो सिंहदरबारमा बसेको बैठकले समितिका सभापतिको नाम टुंगो लगाएको हो ।
रास्वपाले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ । अन्य समितिको सभापति रास्वपाले टुंगो लगाएको हो ।
२ वटा संयुक्त समितिका सभापतिहरूको नाम पनि टुंगो लागेको छ ।
हेर्नुस् कुन समितिको सभापति को ?
१) कानुन, न्याय तथा मानवअधिकार समिति– समीक्षा बास्कोटा
२) कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति– अशोककुमार चौधरी
३) पूर्वाधार विकास समिति– आशिष गजुरेल
४) महिला तथा सामाजिक मामिला समिति– आकृति अवस्थी
५) राज्य व्यवस्था तथा सुशासन समिति– हरि ढकाल
६) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति– ओजश्वी शेरचन
७) सार्वजनिक लेखा समिति– प्रमुख प्रतिपक्षी दल (नेपाली कांग्रेस)
८) संसदीय सुनुवाइ– बोधनारायण श्रेष्ठ
९) उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति– रहबर अन्सारी
१०) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन– गणेश कार्की
११) अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति– सुम्नीमा उदास
१२) अर्थ समिति– कृष्णहरि बुढाथोकी
अर्थ चाैतारी ।