logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • आर्थिक कूटनीति र सेवा प्रवाह सुधारबारे एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका अधिकारीसँग छलफल

    आर्थिक कूटनीति र सेवा प्रवाह सुधारबारे एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका अधिकारीसँग छलफल

    156
    SHARES
    आर्थिक कूटनीति र सेवा प्रवाह सुधारबारे एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका अधिकारीसँग छलफल

    काठमाण्डौ । परराष्ट्र मन्त्रालयले बिहीबार पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुखहरुसँग ‘भर्चुअल’ माध्यमबाट छलफल गरेको छ ।



    त्यस अवसरमा परराष्ट्रमन्त्री शिशिर खनालले सुदृढ आर्थिक कूटनीतिमार्फत सुशासन र आर्थिक समृद्धि हासिल गर्नु सरकारको मुख्य प्राथमिकता भएको बताए ।

    उनले सोहीअनुसार नियोगहरूलाई आफ्ना गतिविधि सञ्चालन गर्न निर्देशन दिँदै नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आग्रह गरे ।

    परराष्ट्र सचिव अमृतबहादुर राईले प्रभावकारी सेवा प्रवाहमा जोड दिँदै आर्थिक कूटनीति प्रवर्द्धन गर्न र प्रविधिको उपयोगमार्फत कार्यक्षमता बढाउन आग्रह गरे ।

    साथै सम्बन्धित देशमा कार्यरत राजदूत, महावाणिज्यदूत तथा कार्यवाहक राजदूतहरूले ती देशको वर्तमान अवस्थाबारे जानकारी गराउँदै नेपाली नागरिकको सुरक्षास्थिति, सेवा प्रवाहको अवस्था, समस्या समाधान गर्न अपनाइएका नवीन अभ्यास तथा नियोगका प्राथमिकताबारे जानकारी दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट