logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • प्रधानमन्त्री बालेन शाहबिरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता

    प्रधानमन्त्री बालेन शाहबिरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता

    507
    SHARES
    प्रधानमन्त्री बालेन शाहबिरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता

    काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहसँग सम्बन्धित पुरानो र्‍याप भिडियोको विषयलाई लिएर साइबर ब्यूरोमा अर्को औपचारिक उजुरी दर्ता गरिएको छ। उक्त भिडियोमा प्रयोग भएका केही शब्द तथा सन्देशले महिला र लैङ्गिक तथा यौनिक अल्पसंख्यक (GSM) समुदायलाई अपमानित गर्ने, घृणा फैलाउने र हिंसात्मक प्रवृत्तिलाई प्रोत्साहन गर्ने प्रकृतिको रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।



    उजुरी दर्ता गर्नेहरूमा GSM समुदायका सक्रिय सदस्यहरू पवन राई (बाबु दुमी), विवेक मगर, मनिनन्द्र सिंह दनुवार र रोजी पुन रहेका छन्। उनीहरूले सार्वजनिक पदमा रहेका व्यक्तिबाट विगतका सामग्रीबारे पनि जवाफदेहिता आवश्यक रहेको बताएका छन्। नेपाल प्रहरी साइबर व्यूरोले उक्त भिडियो हटाउने विषयमा पहल गर्ने मौखिक आश्वासन दिएको बताइएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट