logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • सभामुखको प्रतिबद्धता- संसद्‌मा पत्रकारको पहुँच सहज बनाउँछु

    सभामुखको प्रतिबद्धता- संसद्‌मा पत्रकारको पहुँच सहज बनाउँछु

    559
    SHARES
    सभामुखको प्रतिबद्धता- संसद्‌मा पत्रकारको पहुँच सहज बनाउँछु

    काठमाण्डौ । सभामुख डोल प्रसाद (डीपी) अर्यालले संंसद् र संसदीय समितिमा रिपोर्टिङ गर्न पत्रकारहरूको पहुँच सहज बनाउने प्रतिबद्धता जनाएका छन् । संसदीय मामिला पत्रकार समाज र संसदीय रिपोर्टिङमा रहेका पत्रकारहरूसँगको भेटमा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।



    पछिल्लो समय पत्रकारहरूले संसद भवन प्रवेश कठिनाइ भोग्दै आएका छन् । पत्रकारका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको सभा कक्ष पुग्ने गेट फरक–फरक छ । प्राविधिक झन्झट र फोटो खिच्ने क्रममा हुने सुरक्षा कडाइले समाचार संकलनमा अवरोध सिर्जना भइराखेको छ ।

    अन्तर्राष्ट्रिय अभ्यास र प्रेस स्वतन्त्रताको भावनाअनुरूप संसद् परिसरभित्र पत्रकारहरूका लागि सहज र मर्यादित कार्यवातावरण सुनिश्चित हुन नसकेको भनेर पत्रकारहरूले सभामुखको ध्यानाकर्षण गरे ।

    जवाफमा सभामुख अर्यालले हालको संसद् भवन अस्थायी संरचनामा रहेकाले केही व्यावहारिक कठिनाइ उत्पन्न भएको बताए । नयाँ र स्थायी संसद् भवन निर्माण सम्पन्न भएपछि भौतिक संरचनाका कारण देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

    संसद् र प्रेसको सम्बन्ध लोकतन्त्रको सुदृढीकरणका लागि अपरिहार्य रहेको उल्लेख गर्दै उनले संसदीय गतिविधिहरूको पारदर्शी र प्रभावकारी रिपोर्टिङका लागि पत्रकारहरूको पहुँचलाई सहज बनाउन र आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट