logo

२०८३ बैशाख ६, आइतबार

logo
  • २०८३ बैशाख ६, आइतबार
  • मेची इन्डष्ट्रिजले १५ लाख कित्ता आईपीओ जारी गर्ने, नेपाल एसबिआई मर्चेण्ट बिक्री प्रबन्धकमा नियुक्त

    मेची इन्डष्ट्रिजले १५ लाख कित्ता आईपीओ जारी गर्ने, नेपाल एसबिआई मर्चेण्ट बिक्री प्रबन्धकमा नियुक्त

    377
    SHARES
    मेची इन्डष्ट्रिजले १५ लाख कित्ता आईपीओ जारी गर्ने, नेपाल एसबिआई मर्चेण्ट बिक्री प्रबन्धकमा नियुक्त

    काठमाण्डौ । मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका दरले कुल १५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयर निष्काशनका लागि संस्थागत परामर्श तथा निष्काशन र बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ ।



    बुधबार आयोजित एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार भण्डारी र मेची इन्डष्ट्रिजका अध्यक्ष पवन घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

    बिक्री प्रबन्धकको रूपमा नियुक्त नेपाल एसबिआई मर्चेण्ट बैंकिङ, नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त यस संस्थाले लगानी व्यवस्थापन, धितोपत्र निष्काशन, प्रत्याभूति, हितग्राही खाता सञ्चालन र सेयर रजिष्ट्रार जस्ता विभिन्न मर्चेण्ट बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

    झापाको दमक, ताराबारीमा अवस्थित मेची इन्डष्ट्रिज लिमिटेडले स्वदेशी कच्चा पदार्थ बालुवा, सिमेन्ट र चुनमा आधारित अटोक्लेभ्ड एरेटेड कङ्क्रिट (एएसी) ब्लकहरू उत्पादन गर्दै आएको छ ।

    महेन्द्र राजमार्गबाट २०० मिटर भित्र आफ्नै स्वामित्वको जग्गामा सञ्चालित यस उद्योगले वार्षिक २१ लाख ६० हजार थान ब्लक उत्पादन गर्ने क्षमता राख्दछ । उच्च चापयुक्त बाफ प्रविधिबाट उत्पादित यी ब्लकहरू हलुका, ताप प्रतिरोधी र अग्नि प्रतिरोधी हुनुका साथै परम्परागत इँटाको उत्कृष्ट र वातावरणमैत्री विकल्पका रूपमा चिनिन्छन् ।

    कम्पनीले हाल एएसी ब्लकका अतिरिक्त एडेसिभ, रेडिमिक्स प्लाष्टर र वालपुट्टी उत्पादनका लागि आवश्यक प्लान्ट तथा मेसिनरी जडानको कार्यलाई समेत तीव्रता दिएको छ, जसलाई केही समयभित्रै बजारमा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट