logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

    निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

    234
    SHARES
    निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई हेर्ने सरकारी र आम सर्वसाधारणको दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताएका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघको ३४औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै अध्यक्ष ढकालले उद्योगी व्यवसायी भनेको नाफामुखी मात्रै हुन्छन् भन्ने सरकारी र सर्वसाधारणको धारणामा परिवर्तन आउनु आवश्यक रहेको बताएका हुन् ।



    देशको कुल गार्हस्थ उत्पादनमा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने, सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र प्रतिको धारणा नै परिवर्तन हुनुपर्ने उनको भनाइ छ । अध्यक्ष ढकालले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि महासंघले सरकारसँग निरन्तर पहल गरिरहेको पनि बताए ।

    उनले सुदूरपश्चिममा पर्यटनको अथाह सम्भावना रहेको भन्दै आफूले त्यहीँ सम्भावना देखेर सबैभन्दा ठूलो पर्यटन पूर्वाधार परियोजनाका रुपमा केबलकार परियोजना अघि बढाएको पनि बताए । बडिमालिका, रामारोशन जस्ता धार्मिक पर्यटकीय गन्तव्यबाटै सुदूरपश्चिमको समृद्धि सम्भव हुने पनि बताए ।


    अर्थ चाैतारी
  • आइतबार, ६ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट