logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • पर्यटकलाई हैरानी दिने १६ महिला पक्राउ

    पर्यटकलाई हैरानी दिने १६ महिला पक्राउ

    260
    SHARES
    पर्यटकलाई हैरानी दिने १६ महिला पक्राउ

    काठमाण्डौ । लेकसाइड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनावश्यक दुःख र हैरानी दिने १६ जना महिलाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



    रातिको समयमा पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाई अनैतिक क्रियाकलापमा संलग्न गराउने, हैरानी दिने र लुटपाट गर्ने गरेको जनगुनासोका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार लेकसाइड क्षेत्रमा रातिको समयमा अनैतिक क्रियाकलाप बढ्दै गएको र यसले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको भन्दै स्थानीय बासिन्दा र पर्यटकहरूबाट समेत व्यापक गुनासोको आधारमा अनुसन्धान लागि नियन्त्रणमा लिएको जनाइएको छ ।

    पछिल्लो समय लेकसाइड क्षेत्रमा पर्यटकलाई विभिन्न किसिमका प्रलोभन देखाई दुःख दिने, हैरानी पार्ने र लुटपाट गर्ने जस्ता कार्यमा केही व्यक्तिहरू सक्रिय रहेको सूचना र जनगुनासोलाई मध्यनजर गर्दै प्रहरीले आफ्नो सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ६ बैशाख २०८३
  • सम्बन्धित समाचार