logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

    ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

    507
    SHARES
    ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २६ देखि, इभेन्ट व्यवस्थापक छनोट गर्न आवेदन माग

    काठमाण्डौ । नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिशयन (नाइमा)ले दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’का लागि भृकुटीमण्डपस्थित प्रदर्शनीस्थल बुक गरेको छ । नाइमाले साउन २६ देखि ३१ सम्म मोबिलिटी एक्स्पो आयोजना गर्नका लागि प्रदर्शनीस्थल बुक गरेको हो ।



    यसैगरी नाइमाले यसपटक इभेन्ट म्यानेजमेन्टका लागि खुला प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्ने भएको छ । यसका लागि अप्रिल २८ सम्मको समय राखेर नाइमाले आवेदन आह्वान गरेको छ ।

    नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार इभेन्ट म्यानेज, लजिस्टिक सेवा र प्रदर्शनीस्थलको पूर्वाधार तयार पार्नका लागि खुला प्रतिस्पर्धाबाट कम्पनी छनोट गर्नका लागि आवेदन आह्वान गरिएको हो । आवेदन दिएका कम्पनीमध्येबाट मोबिलिटी एक्स्पो कमिटीले कम्पनी छनोट गरेर कामको जिम्मा दिनेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट