logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • विश्व व्यापारको नक्सा नै बदल्ने गरी थाइल्यान्डले ल्यायो ल्यान्ड ब्रिज योजना

    विश्व व्यापारको नक्सा नै बदल्ने गरी थाइल्यान्डले ल्यायो ल्यान्ड ब्रिज योजना

    364
    SHARES
    विश्व व्यापारको नक्सा नै बदल्ने गरी थाइल्यान्डले ल्यायो ल्यान्ड ब्रिज योजना

    एजेन्सी । विश्वको ध्यान अहिले ठूला शक्तिराष्ट्रहरूको सैन्य टकराव र युद्धतर्फ मोडिएको बेला दक्षिणपूर्वी एसियाली राष्ट्र थाइल्यान्डले विशाल भूराजनीतिक कदम चालेको छ । यसले भविष्यमा विश्व व्यापारको स्वरूप नै बदल्ने निश्चित छ । थाइल्यान्डले २८ अर्ब डलरको लगानीमा निर्माण गर्न लागेको ल्यान्ड ब्रिज परियोजना अहिले चर्चाको केन्द्रमा आएको छ तर यसको गहिराइलाई धेरैले अझै बुझ्न सकेका छैनन् ।



    अहिले विश्वको कुल व्यापारको करिब एक चौथाइ हिस्सा मलक्का जलयोजकबाट भएर जान्छ । यो एउटा यस्तो चोकपोइन्ट (साँघुरो नाका) हो जहाँ सानो अवरोध आउनासाथ विश्वको आपूर्ति श्रृंखला नै ठप्प हुन्छ । हाल जहाजहरू हिन्द महासागरबाट प्रशान्त महासागर छिर्न यही साँघुरो र व्यस्त मार्ग प्रयोग गर्न बाध्य छन् । थाइल्यान्डले यही निर्भरतालाई चुनौती दिँदै आफ्नो देशको दक्षिणी भागमा करिब ९० किलोमिटर लामो स्थलमार्ग बनाउने योजना अघि सारेको छ । यस अन्तर्गत थाइल्यान्डको दुवैतर्फ (एकातर्फ हिन्द महासागर र अर्कोतर्फ प्रशान्त महासागर) विशाल बन्दरगाहहरू निर्माण गरिनेछ ।

    जहाजहरूले अब मलक्काको लामो र घुमाउरो बाटो प्रयोग गर्नुको सट्टा थाइल्याण्डको एक छेउमा सामान झार्नेछन् र रेल वा सडकमार्फत केही घण्टामै अर्को छेउको बन्दरगाहमा पुर्याएर पुनः जहाजमा लोड गरिनेछ । यस परियोजनाले सामुद्रिक ढुवानीको समय कम्तीमा ४ देखि ६ दिनसम्म घटाउने अनुमान गरिएको छ । ढुवानी समय घट्नु भनेको इन्धनको बचत र लागतमा भारी गिरावट आउनु हो । यसले थाइल्यान्डलाई विश्व व्यापारको केन्द्रमा यसरी स्थापित गर्नेछ जस्तो यसअघि कहिल्यै देखिएको थिएन ।

    यो केवल एउटा पूर्वाधार विकासको परियोजना मात्र होइन, यो एक ठूलो राजनीतिक खेल पनि हो । यसले कयौं गम्भीर प्रश्नहरू उब्जाएको छः

    १. यो २८ अर्ब डलरको विशाल परियोजनामा लगानी कसले गर्दैछ ? के यसमा चीनको प्रभुत्व रहनेछ वा पश्चिमा राष्ट्रहरूको ?

    २. व्यापारिक मार्ग मलक्काबाट थाइल्यान्डतर्फ मोडिएमा सिंगापुर जस्ता देशहरू, जसको अर्थतन्त्र नै यही मार्गमा टिकेको छ, उनीहरूको अवस्था के होला ?

    ३. यसले दक्षिणपूर्वी एसियामा शक्ति सन्तुलन कसरी परिवर्तन गर्ला ?

    अधिकांश मानिसले यसलाई सामान्य समाचार ठानेर बेवास्ता गरिरहेका छन् । तर, योसडक वा रेल मार्ग मात्र होइन । यो विश्वका वस्तुहरू कसरी ओसारपसार हुन्छन् र त्यसको नियन्त्रण कसको हातमा हुन्छ भन्ने पावर गेम हो ।

    बजारद्वारा सञ्चालित ऊर्जा र व्यापारको युग बिस्तारै अन्त्य हुँदैछ र इनर्जी स्टेटक्राफ्ट र ट्रेड स्टेटक्राफ्टको नयाँ युग सुरु भएको छ ।

    अबका दिनमा भूगोल र रणनीतिक मार्गहरू नै नयाँ विश्वका मुद्रा हुनेछन् भनी थाइल्यान्डको यस कदमले स्पष्ट पारेको छ ।

    यो यस्तो परिवर्तन हो जसलाई विश्वले निकै गम्भीरताका साथ हेर्नुपर्ने हुन्छ । थाइल्यान्डको यो ल्यान्ड ब्रिजले भविष्यमा विश्व अर्थतन्त्रको इन्जिनलाई नयाँ दिशा दिने निश्चित छ ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट