logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • प्रभु इन्स्योरेन्सकोको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    प्रभु इन्स्योरेन्सकोको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    143
    SHARES
    प्रभु इन्स्योरेन्सकोको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

    काठमाण्डौ । प्रभु इन्स्योरेन्सको आफ्नो ३० औँ वार्षिक साधारणसभा आज वैशाख ९ गते सम्पन्न भएको छ । सभा काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।



    सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब ७० करोड ९ लाख ५५ हजार ९१९ रुपैयाँको कुल ९.१५७९ प्रतिशत लाभांश पारित गरेको छ । जसमा ८.७ प्रतिशतले हुन आउने १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४५७९ प्रतिशतले हुन आउने ७७ लाख ८८ हजार ५८८ रुपैयाँबराबरको नगद लाभांश छन्।

    लाभांश वितरणपछि कम्पनीको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ । सभाले संस्थागत उत्तरदायित्वअन्तर्गतका खर्च पारित गर्नुका साथै प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न नियामकहरुबाट प्राप्त रायसुझाव समावेश गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान अर्को विशेष प्रस्ताव अनुमोदन गरेको छ ।

    सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सोही सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गरेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट