काठमाण्डौ । नेपाल आयुर्वेदिक औषधि उत्पादक संघको नयाँ कार्यसमिति चयन भएको छ । आज सम्पन्न संघको निर्वाचन प्रक्रियाबाट बुद्धिमान शाक्य को अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा डा. सुमन पौडेल र विनोद अधिकारी चयन भएका छन् । त्यसैगरी, कार्यसमितिको महासचिवमा पिताम्बर आचार्य, सचिवमा डिल्लीप्रसाद घिमिरे, कोषाध्यक्षमा अर्जुन पौडेल र सह–कोषाध्यक्षमा मीनप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार सदस्यहरूमा सिद्धार्थ खण्डेवाल, नारायण सापकोटा, मनिष कुमार झा, जिना पौडेल र राजुप्रसाद अधिकारी निर्वाचित भएका हुन् ।
सबै पदमा एकल उम्मेदवारी परेपछि नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको संघले जनाएको छ । नवनिर्वाचित कार्यसमितिले नेपालमा आयुर्वेदिक औषधिको उत्पादनलाई आधुनिकीकरण गर्ने र स्वदेशी कच्चा पदार्थको प्रवर्द्धनमा जोड दिने लक्ष्य राखेको छ ।
आयुर्वेदिक औषधि क्षेत्रका व्यवसायीहरूको हकहित र नीतिगत सुधारका लागि नयाँ टोलीले छिट्टै कार्ययोजना सार्वजनिक गर्ने बताइएको छ
अर्थ चाैतारी ।