काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज वैशाख १६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई १७ लाख ४३ हजार कित्ता शेयर निष्काशन गरेको हो ।
यस निष्काशनमा वैशाख २२ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाट क्षमताको याम्बलिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० फागुन ८ देखि विद्युत उत्पादन गरिरहेको छ ।
यस कम्पनीकी अध्यक्ष इन्द्र माया तामाङ हुन्। अन्य संचालकमा उदीधाम बहादुर देवकोटा, नर हांङ राई, समय कर्माचार्य, रोशन शाह, र सशीराज श्रेष्ठ रहेका छन् ।
अर्थ चाैतारी ।