काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षबाट सुरेन्द्र कुमार पौडेलले राजीनामा दिएका छन्।
उनले गत चैत २० मा दिएको राजीनामा यही वैशाख १ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको थियो। यससम्बन्धी पत्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले वैशाख ३ मा कम्पनीमा पठाएको थियो।
यसबारे कम्पनीले १५ गते धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणलाई जानकारी गराएको हो। कम्पनीको नयाँ अध्यक्षमा अर्थ मन्त्रालयले सहसचिव अमृत लम्साललाई पठाइसकेको छ।
त्यस्तै कम्पनीमा अर्थ मन्त्रालयले राजु प्रसाद प्याकुरेललाई नयाँ सञ्चालकमा मनोनयन गरेको छ। प्याकुरेलले मंगलबार नै पदबहाली गरेका छन्।
अर्थ चाैतारी ।