logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • होटेल सब्रिना लिमिटेडको विशेष साधारणसभा सम्पन्न, पुँजी वृद्धि प्रस्ताव पारित

    होटेल सब्रिना लिमिटेडको विशेष साधारणसभा सम्पन्न, पुँजी वृद्धि प्रस्ताव पारित

    442
    SHARES
    होटेल सब्रिना लिमिटेडको विशेष साधारणसभा सम्पन्न, पुँजी वृद्धि प्रस्ताव पारित

    काठमाण्डौ । होटेल सब्रिना लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । आज बुधबार सम्पन्न विशेष साधारणसभाले कम्पनीको पुँजी वृद्धि गर्ने सहितका विविध प्रस्ताव पारित गरेको छ।



    विशेष साधारणसभाले कम्पनीको जारी पुँजी १ बर्ब १२ करोडबाट बढाएर १ अर्ब २२ करोड कायम गर्ने प्रस्ताव पारित गरेको हो। त्यस्तै वृद्धि भएको पुँजी अनुरुप कम्पनीको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ। सभाले कम्पनीको कारोबार विस्तारका लागि दिर्घकालिन ऋण लिने प्रस्ताव पनि पारित गरेको छ।

    यस कम्पनीले काठमाडौँको बुढानिलकण्ठस्थित गणेश चोकमा सब्रिना होटेल संचालन गरिरहेको छ। होटेल हाल ‘पाँच तारे’ स्ट्यान्डर्डमा स्तरोन्नति भइरहेको छ। स्तरोन्नतिपछि होटेलमा ११० वटा कोठा रहने छन्।

    कम्पनीले होटेल संचालनको लागि फ्रान्सेली ब्राण्डसँग सम्झौता गरिसकेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट