काठमाण्डौ । प्रतिनिधिसभामा आज जेठ ४ गतेदेखि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल हुने भएको छ। आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन् ।
सभामुख डोलप्रसाद अर्यालले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफलका लागि आगामी जेठ ४, ५ र ६ गतेका दिनहरू तोकेका थिए। यस छलफललाई प्रि बजेट छलफल पनि भनिन्छ ।
अर्थ मन्त्रीले गत बिहीबार संसदमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता पेश गरेका थिए। उनले ५ सिद्धान्त र ५ प्राथमिकता पेश गरेका छन् ।

अर्थ चाैतारी ।