logo

२०८३ जेष्ठ ६, बुधबार

logo
  • २०८३ जेष्ठ ६, बुधबार
  • टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता शेयर

    टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता शेयर

    52
    SHARES
    टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता शेयर

    काठमाण्डौ । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज जेठ ६ गते बुधबार बिहान शेयर बाँडफाँडको गरेको हो।



    कम्पनीले वैशाख २३ देखि वैशाख २८ गतेसम्म आम सर्वसाधारणलाई २५ लाख १५ हजार ४ सय ५५ कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा कुल २९ लाख ४८ हजार ९ सय ६६ जनाको आवेदन परेको थियो । तर २७ लाख ७१ हजार २ सय ५२ जनाको आवेदन मात्र योग्य भएको छ।

    माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा २ लाख ५१ हजार ५ सय ४५ जनाले शेयर पाएका छन् । शेयर पाउने मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने अन्यले १० कित्ताको दरले शेयर पाएका छन् । आईपीओको नतिजा केही समयपछि सार्वजनिक हुने छ।

    धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ वैशाख १ गते व्यापारिक उत्पादन गरिरहेको छ ।

    कम्पनीका अध्यक्ष अजय बल्लभ पन्त हुन्।


    अर्थ चाैतारी
  • बुधबार, ६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट