काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडको हकप्रदमा आवेदन दिने आज जेठ ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले वैअशाखा १७ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। हकप्रद निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
हकप्रद शेयर निष्काशनका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो । जस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।
अर्थ चाैतारी ।