काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बहुराष्ट्रिय कम्पनी पेप्सीको नेपालस्थित आधिकारिक उत्पादक ‘वरुण बेभरेज नेपाल प्रालि’ सहित सातवटा व्यावसायिक फर्महरूमा अनुगमन तथा निरीक्षण गरेको छ ।
विभागले सोमबार बजार अनुगमनका क्रममा कैफियत देखिएका फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम कारबाही तथा निर्देशन दिइएको जनाएको छ ।
विभागका अनुसार काठमाण्डौ महानगरपालिका–३२, कोटेश्वरस्थित वरुण बेभरेज नेपाल प्रालिलाई व्यवसायसँग सम्बन्धित आवश्यक कागजातहरू लिएर ३ दिनभित्र वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
विभागको टोलीले उपत्यकाका अन्य ६ वटा व्यावसायिक फर्महरूमा पनि अनुगमन गरेको छ । अनुगमन गरिएका अन्य फर्महरूलाई भने सामान्य निर्देशन दिई सचेत गराइएको विभागले उल्लेख गरेको छ ।
_rUEBfUM3C6.png)
अर्थ चाैतारी ।