logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • डीडीसीमा छापा : अनियमितता र किसानको भुक्तानी रोकिएकोबारे सीआईबीको अनुसन्धान

    डीडीसीमा छापा : अनियमितता र किसानको भुक्तानी रोकिएकोबारे सीआईबीको अनुसन्धान

    195
    SHARES
    डीडीसीमा छापा : अनियमितता र किसानको भुक्तानी रोकिएकोबारे सीआईबीको अनुसन्धान

    काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दूग्ध विकास संस्थान (डीडीसी)मा छापा मारेर महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । डीडीसीको लैनचौरस्थित केन्द्रीय कार्यालयमा ब्यूरोले छापा मारेर दूध खरिदबिक्री सम्बन्धी कागजात, ५ कर्मचारीको मोबाइल र पछिल्लो ३ वर्षको निर्णय सम्बन्धी कागजात जफत गरेको छ ।



    सीआईबीका एसएसपी शिव कुमार श्रेष्ठले अनुसन्धानको क्रममा कागजात नियन्त्रणमा लिइएको बताए । उनले भने, ‘अनुसन्धानसँग जोडिएको आएको विवरणहरू लिएका हौँ, यो नियमित प्रक्रियामा काम भएको हो ।’

    अनुसन्धानमा संलग्न ब्यूरोका एक जना अधिकृतका अनुसार अनियमितता र किसानसँग जोडिएको दूधको रकम भुक्तानीको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनियमितता र ठगीसँग सम्बन्धित धेरै कुराहरूमा केही दिनअघि देखी डीएसपी नेतृत्वको टिमले अनुसन्धान गरिरहेको ती अधिकृतले बताए ।

    डीडीसीले किसानबाट दूध सङ्कलन गरेर बजारमा बेच्दै आएको छ । पछिल्लो समय किसानले चार महिनाको ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये १२ करोड भुक्तानी गरेको डीडीसीका अधिकारीहरूले दाबी गरेका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट