logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • धितोपत्र दोस्रो बजारमा उत्साह: ३२ लाखले गरे अनलाइनबाटै कारोबार

    धितोपत्र दोस्रो बजारमा उत्साह: ३२ लाखले गरे अनलाइनबाटै कारोबार

    156
    SHARES
    धितोपत्र दोस्रो बजारमा उत्साह: ३२ लाखले गरे अनलाइनबाटै कारोबार

    काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा अनलाइनमार्फत सेयर खरिद-बिक्री गर्ने लगानीकर्ताको संख्या झन्डै ३२ लाख पुगेको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्म ३१ लाख ८२ हजार ४६२ जनाले अनलाइन कारोबारका लागि लग-इन लिएका छन्।



    गत वर्ष यो संख्या २५ लाख ४९ हजार थियो। आर्थिक सर्वेक्षणले सेयर बजारमा डिजिटल प्रविधि र लगानीकर्ताको पहुँच उत्साहजनक रूपमा बढेको देखाएको हो।

    सर्वेक्षणअनुसार चालू आवको फागुनसम्म धितोपत्र डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ। यो सङ्ख्या २०८२ असारसम्म ६९ लाख ९७ हजार थियो। त्यस्तै २०८२ असार मसान्तसम्म मेरो शेयर खाताको सङ्ख्या ५९ लाख ७६ हजार रहेकामा फागुनसम्म ६६ लाख १३ हजार पुगेको छ।

    कारोबार रकम र संख्यामा गिरवाट

    लगानीकर्ता बढे पनि चालु आर्थिक वर्षमा सेयर बजारको कुल कारोबार रकम भने घटेको छ। आर्थिक सर्वेक्षणमा चालू आवको फागुनसम्म धितोपत्र दोस्रो बजारमा रु १० खर्ब २८ अर्ब ४७ करोड बराबरको कारोबार भएको उल्लेख छ। गत आवको सोही अवधिमा यस्तो कारोबार रु १४ खर्ब ६५ अर्ब ६६ करोड थियो।

    यस वर्ष औसत दैनिक कारोबार रकम पनि घटेको छ। गत वर्ष औसत दैनिक कारोबार ८ अर्ब ८३ करोड भएकोमा चालू अावमा घटेर त्यो सात अर्ब ४५ करोडमा झरेको छ।

    नेप्से सूचक र बजार पुँजीकरण सकारात्मक
    कारोबार रकम घटे पनि अघिल्लो वर्षको तुलनामा नेप्से परिसूचक (इन्डेक्स) र बजारको कुल आकार (बजार पुँजीकरण) भने सकारात्मक देखिएको छ। चालु आवको फागुन मसान्तमा नेप्से परिसूचक २८२०.४५ विन्दु कायम भएको छ। गत वर्षको फागुनमा नेप्से २७३६.४९ विन्दुमा थियो।

    त्यस्तै, बजारको कुल पुँजीकरण ४.४२ प्रतिशतले बढेर ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको फागुनमा कुल बजार पुँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ थियो।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट