काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति पौडेलले बिहीबार विधेयक प्रमाणीकरण गरेका हुन्। संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्।
प्रतिनिधि सभाको बैठकबाट पारित भएको विधेयकलाई सभामुख डोलप्रसाद अर्यालले प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष पठाएका थिए।
अर्थ चाैतारी ।