logo

२०८३ जेष्ठ २३, शनिबार

logo
  • २०८३ जेष्ठ २३, शनिबार
  • समस्याग्रस्त ५ सहकारीका ऋणीको नामावली सार्वजनिक

    समस्याग्रस्त ५ सहकारीका ऋणीको नामावली सार्वजनिक

    247
    SHARES
    समस्याग्रस्त ५ सहकारीका ऋणीको नामावली सार्वजनिक

    काठमाण्डौ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त ५ सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ ।



    समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गरिएको हो ।

    समितिले लालीगुराँस सहकारीका १३, सुमेरुका ३१, नेशनलनका ११, दर्शन सहकारीका ५४ र सिभिल सहकारीका पाँच ऋणीको नाम सार्वजनिक गरेको छ । समितिमा उपलब्ध ऋणीहरुको विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिए ।

    समितिले ऋणीहरूलाई ती सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट